आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा : अध्यक्ष घिसिङ
मेरोन्यूज
२०८२ फागुन ५ गते १८:३०

चितवन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बीचका प्रतिस्पर्धा भएको बताएका छन् ।
भरतपुर महानगरपालिका—१० चौबिसकोठीमा आज आयोजित चुनावी सभामा उनले अब आममतदाताले काम गर्नेलाई चिन्नुपर्नेमा जोड दिए । काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयससहित आफ्नो पार्टीको उदय भएको भन्दै अध्यक्ष घिसिङले आफ्नो अभियानमा साथ दिन आग्रह गरे । उनले भने, “हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ । यसमा जनताले साथ दिनुप¥यो ।”
पार्टीका जिल्ला संयोजक समीर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक, चितवनका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारलगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
















मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया