दमौलीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ
मेरोन्यूज
२०८२ फागुन ६ गते १६:१०

दमौली (तनहुँ) तनहुँको देवघाट गाउँपालिका(४ बाट दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट.४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका जिल्ला प्रहरी कार्यालयले जनएको छ ।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई रिस्ती खोलाबाट पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । ग्रामीण इलाकामा गस्ती गर्ने क्रममा निजहरूलाई बन्दुकसहित पक्राउ गरिएको उनले बताए ।
निजहरूका साथबाट बारुद जस्तो देखिने कालोपदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध मङ्गलबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया