आइतबार, वैशाख ६, २०८३

रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित

मेरोन्यूज २०८२ फागुन ८ गते १३:४३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखराको चुनावी सभा स्थगित गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

रास्वपाले फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा चुनावी सभा आयोजना गरेको थियो। दुवै सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने कार्यक्रम थियो। 

दुवै ठाउँका सभा स्थगित गरिएको रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले जनाएकी छन्। विशेष कारणले सभा स्थगित गरिएको रावललको भनाइ छ। 

सहप्रवक्ता रावलले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा फागुन ९ (भैरहवा) र फागुन १० (पोखरा) मा आयोजना गरिएको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहज्यूको जनसम्बोधन कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको जानकारी गराइन्छ।’

प्रतिक्रिया