बालेनलक्षित ओलीको टिप्पणी – पालिका चलाउन नसकेर भागेकालाई प्रधानमन्त्री बनाउने रे
मेरोन्यूज
२०८२ फागुन १० गते १४:४९

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परिवर्तन के हो भन्ने नै नबुझेका व्यक्तिहरूले देश बनाउने सक्षम शक्तिलाई रोक्न खोजेको आरोप लगाएका छन् ।
आइतबार झापा क्षेत्र नम्बर ५ का मतदातासँग कुरा गर्दै ओलीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै एउटा पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताए ।
‘…अब प्रधानमन्त्री कस्तालाई बनाउने रे भने एउटा पालिका चलाउन नसकेर फेल खाएर भागेकालाई देश चलाउने जिम्मा दिनुपर्ने रे, प्रधानमन्त्री बनाउने रे । यो देश मजाक गर्ने ठाउँ हो यो ? यो देश प्रयोगशाला हो कसैको ? होइन’ ओलीले भने ।
उनले देश बनाउन सफल र सक्षम नेतृत्वलाई छाडेर चिन्दै नचिनेका र असफल भइसकेकाहरूलाई भोट दिनु न्यायसङ्गत नरहेको समेत बताए।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया