सोमबार, फागुन ११, २०८२

गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसंघ नेपालका आवासीय संयोजकको भेट

मेरोन्यूज २०८२ फागुन ११ गते १५:४३

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्र संघ नेपालका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेट गरेकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्र संघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरूको क्षमता वृद्धिलगायत क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

साथै, उनले संयुक्त राष्ट्र संघसँगको सहकार्यमा आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भेटमा गृहमन्त्री अर्यालले २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्ने कार्य सरकारले तीव्र रूपमा काम गरिरहेको बताए ।

सो अवसरमा संयुक्त राष्ट्र संघका आवासीय संयोजक याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागुऔषध नियन्त्रण, सीमा सुरक्षा, मानव बेचबिखनलगायत क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरे ।

प्रतिक्रिया