भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो

पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान“ सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ ।
उद्धार र चिकित्सा टोलीहरू दुर्घटना स्थलमा पुगेका छन् भने, स्थानीय मिडियाले दुर्घटना स्थल दुर्गम जङ्गल भित्र रहेको जनाएका छन् । “डाक्टरको टोलीले उनीहरूलाई फेला पारी परिक्षण गरेर मृत घोषणा गरेको स्थानीय प्रशासनिक अधिकारी कीर्तिश्री जीले पत्रकारहरूसँगको साक्षातकारमा बताएका छन् । उनका अनुसार मृत्यु हुने सात जना मध्ये दुई जना चालक दलका सदस्य थिए ।
डिजिसिएले सोमबार राति रेडबर्ड एयरवेजद्वारा सञ्चालित विमानले “मौसमका कारण सन्तुलन गुमाएको जनाकारी गराएको २३ मिनेट पछि हवाई ट्राफिक राडारसँग सम्पर्क गुमाएको बताइएको छ ।
भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोलाई अनुसन्धानको लागि घटनास्थलमा पठाइएको जनाइएको छ ।
















सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया