इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले नेपालको स्थानीय उत्पादनले बजार पाउनुपर्नेमा जोड दिएका छन् ।
आज रास्वपाले इटहरीमा आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले तरकारी पारीको (भारत) को खानुपरेको भन्दै अब पूर्वी पहाडका उत्पादनले बजार पाउनुपर्ने बताएका हुन् ।
सम्बोधनको सुरुमै चिया इलाम र दमकको पिएको भएपनि तरकारी कहाँको खानुभएको हो भनेर स्थानीयवासीलाई प्रश्न सोधे। ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो ।’
तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाउनु दुःखको कुरा भएकाे बताए ।
पहाडमा तरकारी कुहिएर जाने तर तराईका भान्सामा भारतीय तरकारी पाक्नुपर्ने अवस्थालाई समाधान गर्नुपर्नेमा उनले जोड दिए। ‘यो दुःखको कुरा हो। यो सप्लाई चेनको समस्या समाधान गर्नुपर्छ र त्यो समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने।
पूर्वलाई कृषि उत्पादनको हब मानिए पनि यहाँका जनताले आफ्नै माटोको स्वाद लिन नपाएकोमा बालेनले चिन्ता व्यक्त गरे। उनले पूर्वी तराईका ३-४ वटा जिल्लाले मात्रै सही ढंगले खेती गर्ने हो भने सिंगो देशलाई पुग्ने धान र चामल उत्पादन गर्न सक्ने क्षमता राख्ने बताए।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया