गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
मेरोन्यूज
२०८२ फागुन १३ गते २१:१०

काठमाडौँ, १३ फागुन : विभिन्न माग राखी आमरण अनशनरत घाइते जेनजी युवाहरुको अनशन गृहमन्त्री ओमप्रकाश अर्यालले तोडाएका छन् ।
माइतीघर मण्डलामा विभिन्न माग राखी विजय अधिकारीको संयोजकत्वमा पाँच दिनदेखि अनशनरत लोकराज उपाध्याय, स्मृति राई र अशोक घोरासैनीलाई आज साँझ जुस पिलाएर गृहमन्त्री अर्यालले अनशन तोडाए ।
सो अवसरमा गृहमन्त्री अर्यालले परिवर्तन, सुशासन कायम र मुलुकमा दिगो शान्ति र स्थिरताको पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको बताउँदै उक्त अभियानमा सबैको साथ जरुरी भएको उल्लेख गरे ।
सम्बन्धित


















जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया