सोमबार, वैशाख ७, २०८३

आज सुर्खेत र बाँकेमा कांग्रेसले चुनावी सभा गर्दै

मेरोन्यूज २०८२ फागुन १४ गते १०:०४

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको नेपाली कांग्रेसले आज एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

कांग्रेसले आज एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएको हो। गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो।सुर्खेत र बाँके आज हुने चुनावी सभामा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रवक्ता चालिसेका अनुसार सभापति थापासहितका शीर्ष नेताहरू हेलिकप्टर मार्फत चुनावी सभामा पुग्ने छन्। यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।कांग्रेसले भोलि फागुन १५ गते रुपन्देहीको बुटवल र कास्कीको पोखरामा चुनावी सभा गर्दैछ भने फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने तयारी गरेको छ।

कांग्रेसले कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी गरिरहेको छ।

प्रतिक्रिया