अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक मत सर्वेक्षण गलत मनसायले सेटिङमा आएका आएको बताएका छन् ।
बुटवलमा बिहीबार पत्रकारहरूसँगको अन्तरसंवादमा उनले रुपन्देही क्षेत्र नं २ सहित देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा योजनाबद्ध रूपमा आएका सर्वेक्षण गलत भएको दाबी गरे ।
अहिले सार्वजनिक गरिएका सर्वेक्षण भन्दा भरपर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका प्रक्षेपणमा फरक नतिजा रहेकाे भन्दै ति वास्तविक सर्वेक्षण केही दिनमा आउने उनको दावी छ ।
‘सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन् । तर ती वास्तविक र तथ्यपरक होइनन् । फिल्डको अवस्था धेरै फरक छ । ती प्रक्षेपणहरू फेल खानेछन्,’ रुपन्देही २ का एमाले उम्मेदवार समेत रहेका पौडेलले भने, ‘त्यस्ता प्रक्षेपण आचार संहिता विपरीत हुन् । तर सार्वजनिक गर्न हुने कि नहुने भन्ने विषयमा पछि कुरा गरौंला तर ’
एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता प्रष्ट भइसकेको हुँदा ठूलो पार्टी बन्नबाट रोक्न कसैले नसक्ने उनको जिकिर छ ।
पौडेलले ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा एमाले नै बहुमतसहित पहिलो शक्ति बन्ने दाबी गरे । पौडेलले आफूप्रति जनताको विश्वास विगतमा जस्तै रहेको बताए।
उनले रुपन्देहीमा सञ्चालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापनसहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने मतदाताले राम्रोसँग बुझेको बताए।


















जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया