निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

चितवन। फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै क्षेत्रमा चुनावको चर्चा–परिचर्चा भइरहेको छ । दलहरू आफ्नो प्रचार–प्रसारमा लागेका छन् भने जनता पनि चासोका साथ नियालिरहेका छन् । सामाजिक सञ्जाल यतिबेला चुनावी चर्चाले नै रङ्गिएको छ ।
शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी कर्मचारीको काँधमा रहने गर्दछ । हाल देशभर विभिन्न कर्मचारीहरू निर्वाचनमा खटिँदै छन् भने यसका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी फिल्डमा खटिने क्रम जारी रहेको छ । हाल निर्वाचनका आवश्यक सामग्रीहरू मतदानस्थल तथा केन्द्रमा पु¥याउने र व्यवस्थापन गर्ने कामसमेत भइरहेको छ ।निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन खटिने सुरक्षाकर्मी, सबै तहका कर्मचारी तथा विशेषगरी मतदान अधिकृत र सहायक अधिकृतको भूमिका महत्त्वपूर्ण हुने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
अर्यालका अनुसार निर्वाचन सफल र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आवश्यक छ ।उनले निर्वाचन सफल बनाउन मतदानमा खटिने कर्मचारीले ‘पाँच पी’ को पालना गर्नुपर्नेमा जोड दिएका छन् । अङ्ग्रेजी अक्षर ‘पी’ बाट सुरु हुने शब्दहरू उल्लेख गर्दै उनले पहिलो ‘पी’ पक्चुअलिटी (समयपालन), दोस्रो ‘प्रोसेस’ (प्रक्रिया पालना), तेस्रो ‘पेसन्स’ (धैर्यता), चौथो ‘पार्टिसिपेसन’ (सक्रिय सहभागिता) र पाँचौँ ‘इम्पार्सियलिटी’ (निष्पक्षता) कायम गर्न आवश्यक रहेको बताए ।
यी मापदण्डको पालना गरिए निर्वाचन निष्पक्ष र व्यवस्थित हुने उनको विश्वास छ । उनले यी पाँच कुरामा कमजोरी भए अन्तिम ‘पी’ का रूपमा ‘पेनालाइज’ अर्थात् ‘पनिसमेन्ट’ (दण्ड) पनि भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।
यसअघि पनि प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचन शब्दलाई आफ्नै शैलीमा व्याख्या गरेका थिए । उनले ‘नि र बा च न’ लाई सरलीकरण गर्दै ‘नि’ को अर्थ निष्पक्ष,‘‘र’ को अर्थ रणनीतिक रूपमा अघि बढ्नु, ‘वा’ को अर्थ अरूलाई वाधा वा विरोध नगरी आफ्ना दृष्टिकोण प्रस्तुत गर्नु, ‘च’ को अर्थ चलखेल नगर्नु र ‘न’ को अर्थ नकारात्मकता नफैलाउनु रहेको बताए ।
प्रजिअ अर्यालले प्रस्तुत गरेको उक्त व्याख्यालाई निर्वाचन आयोगले पनि सकारात्मक रूपमा लिएको थियो ।

















रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
प्रतिक्रिया