जापानले सैन्यवाद तर्फ नयाँ कदम चालेको भन्दै चीनद्वारा अन्तर्राष्ट्रिय समुदायलाई सतर्क रहन आग्रह

चीनको रक्षा मन्त्रालयले जापानलाई नव–सैन्यवादतर्फ “लापरवाह“ कदम चालेको आरोप लगाउदै अन्तर्राष्ट्रिय समुदायलाई “अत्यधिक सतर्क रहन आह्वान शनिबार गरेको छ । चालु वर्षका प्रमुख सुरक्षा कागजातहरू संशोधन गर्ने र रक्षा उपकरणको निर्यातलाई नियन्त्रण गर्ने सिद्धान्तहरू संशोधन गर्ने छलफललाई गति दिने जापानी सरकारको योजनाको जवाफमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता झाङ सिया ओगाङले यस्तो टिप्पणी गरेका छन् ।
यसै वीच झाङले चीनले आफ्नो क्षेत्रीय सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न सान्दर्भिक सैन्य कारबाही गर्दा घरेलु र अन्तर्राष्ट्रिय कानूनको पूर्ण रूपमा अनुपालन हुने गरी वैध र न्यायसंगत“ हुने गरी गरेको समेत उनले बताएका छन् । जापानको युद्धकालीन इतिहासको वास्तविकता उजागर गर्दै झाङले विगत नबिर्सिएको बताएका छन् ।
उनले जापानले पहिले आफ्नो अस्तित्वको खतराको दाबीलाई आक्रमणको युद्ध सुरु गर्ने बहानाको रूपमा प्रयोग गरी सैन्यवाद अवलम्वन गरेको आरोप लगाउदै यसको माध्यामबाट जापानले आफ्ना एसियाली छिमेकीहरू र विश्व विरुद्ध जघन्य अपराध गरेको जनाए ।
उनले जापानका दक्षिणपन्थी शक्तिहरूले बाह्य खतराहरूको बारेमा गरेको बयानबाजीलाई पुनः र्जीवित गरिरहेको जनाउदै सैन्य विस्तारको आडमा औचित्य प्रमाणित गर्ने र लुकेको राजनीतिक एजेन्डालाई पछ्याउने प्रयास गरिरहेको बताउनु भएको छ ।
यसै विच झाङले अन्तर्राष्ट्रिय समुदायलाई अत्यधिक सतर्क रहन, नव–सैन्यवादतर्फ जापानको लापरवाह चालको दृढतापूर्वक विरोध गर्न र दोस्रो विश्वयुद्धको विजयी परिणाम र युद्ध पछिको अन्तर्राष्ट्रिय व्यवस्थालाई समर्थन गर्न आह्वान गरेका छन् ।
उनले जापान “गलत प्रयास गरी इतिहास उल्टाउने मार्गमा अघि बढेको चेतावनी दिँदै यस्तो अभ्यासले ठूलो हार बेहोर्ने बताउनु भएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया