मध्यपूर्वको तनावप्रति ओलीको चिन्ता, नेपालीहरूलाई सुरक्षित र सजग रहन आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वको तनाव (इजरायल–इरान युद्ध) प्रति चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शनिबार फेसबुकमार्फत चिन्ता व्यक्त गरेका छन् ।
‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ,’ ओलीले फेसबुकमा लेखेका छन् । युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूलाई सुरक्षित र सजग रहन उनले आह्वान गरेका छन् ।‘त्यहाँ रहेका नेपाली दुतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु,’ ओलीले लेखेका छन् ।
शनिबार बिहानै इजरायल र अमेरिकाले इरानमाथि हमला गरेका छन् । त्यसपछि इरानले खाडीका अन्य देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पलक्षित हमला गरेको थियो । जसले मध्यपूर्वमा ठुलो युद्धको खतरा बढेको छ ।नेपाल सरकारका तर्फबाट खाडी मुलुकको यात्रा नगर्न ‘ट्राभल एडभाइजरी’ समेत जारी गरेको छ ।
















एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया