अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मेरोन्यूज
२०८२ फागुन १७ गते २१:३४

इरानले अमेरिकी विमानवाहक युद्धपाेत अब्राहम लिंकनमा चारवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को जनसम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरेको जनाएको हो ।
यद्यपि अमेरिकी सेनाले अब्राहम लिंकनमा भएको आक्रमणको बारेमा पुष्टि गरेका छैनन् । विमान वाहक अब्राहम लिंकन हाल फारसी खाडी र अरब सागर नजिकै तैनाथ छ।
अपरेशन ट्रु प्रमिस-४ को एक भागको रूपमा इरानको सशस्त्र सेनाले जमिन र समुद्रमा शत्रुको लक्ष्यहरू विरुद्ध शक्तिशाली आक्रमणहरूको नयाँ श्रृंखला प्रदान गरिरहेको जनाएकाे छ ।
USS अब्राहम लिंकनले पाँच हजार सैनिक, जहाजहरुसहित आणविक हतियार बाेक्ने अत्याधुनिक युद्धपाेत हाे ।
सम्बन्धित
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया