सोमबार, फागुन १८, २०८२

होली खेलिसकेपछि अनुहार र कपालको कसरी गर्ने स्याहार ?

मेरोन्यूज २०८२ फागुन १८ गते ९:२२

हिन्दुहरुको महानचाड दशैं, तिहार, छठ, तीज जस्तै होली पनि एक महत्वपूर्ण र छुटै उमङ्ग बोकेको चाडपर्व हो। होलीलाई रङहरुको चाड अंग्रेजीमा ‘फेस्टिभल अफ कलर्स’ पनि भनिन्छ। यो पर्वमा मानिसहरु आफूमा भएको दुःख, दुविधा, रिस राग बिर्सिएर एकअर्कालाई विभिन्न रङहरु लगाएर हर्ष र उल्लासका साथ रमझम गरी मनाउने गर्छन्।

Advertisement
nepal life insurencenepal life insurence

यस पर्वमा विशेषगरी रङको बढी प्रयोग हुने भएकोले हाम्रो स्वास्थ्यलाई पनि ध्यानमा राखेर खेल्नु पर्ने हुन्छ। होलीमा लगाइने रङले अनुहार र कपालमा समेत असर पार्ने हुँदा केहि संवेदनशील कुरामा ध्यान दिनुपर्ने हुन्छ। यसको लागि हामीले होली खेल्नुअघि र पछि यी कुरामा ध्यान दिन आवश्यक छ।

होली खेल्नु अगाडि अपनाउनुपर्ने सावधानी

१. सबैभन्दा पहिला अनुहारमा क्लीन अप गरी टोनर लगाउने । आइस क्युबले ३ मिनेटसम्म सेक्न पनि सकिन्छ ।

२. त्यसपछि राम्ररी नरिवल वा बदामको तेल लगाउने यसले छालालाई मोश्चर दिन्छ ।

३. एसपिफ ५० को सनस्क्रिन लगाउने र यो लगाउँदा दैनिक लगाउनेभन्दा बढी लगाउनु उपयुक्त हुन्छ । यी प्रक्रियाहरु होली खेल्नुभन्दा २ घण्टा अघि गर्नु उपयुक्त हुन्छ ।

४.  यसैगरी होली खेल्दा आँखालाई प्रोटेक्ट गर्न सनग्लासको पनि प्रयोग गर्न सकिन्छ ।

५. होली खेल्नु एक दिनअघि कपाललाई हल्का तातो नरिवलको तेलले मसाज गर्ने । यसले कपाललाई एक्स्ट्रा पोषण दिन्छ, जसले गर्दा रङको कारण कपाल ड्राइ हुन पाउँदैन् ।

६. होलीको एकदिन अघि कपाललाई श्याम्पू पनि नगर्दा राम्रो हुन्छ ।

होली खेलिसकेपछि ध्यान दिनुपर्ने कुरा

१. होलीको रङले स्कीनबाट हटाउँदा जहिले पनि चिसो पानीको प्रयोग गर्ने किनभने तातो पानीले रङ झनै छालामा टासिन्छ र हटाउन गाह्रो हुन्छ ।

२. रङ छालाबाट हटाउनको लागि स्क्र्बको प्रयोग गर्न हुँदैन् । जहिले नरम र आयुर्वेदिक सफ्ट क्लिन्जिंगको प्रयोग गर्ने ।

३. रङ हटाउन मेकअप रिमुभर लिकुइडको वा वाटरको पनि प्रयोग गर्न सकिन्छ ।

४. होली खेलेपछि नुहाउँदा हामीले मिल्ड साबुन, फ्री क्लिनजरको प्रयोग गर्न सक्छौं ।

५. हामीले होली खेलिसकेपछिको एक साता अनुहार र छालाको विशेष ख्याल गर्नुपर्ने हुन्छ । त्यसका लागि नियमितभन्दा बढी बडी लोसन लगाउने, मोस्चराइजरको प्रयोग गर्ने जसले गर्दा स्किन बढी सुख्खा हुन् पाउँदैन् । यसका साथै कपालमा पनि Hair Treatment र Hair Spa लगाउने गर्नुपर्छ ।

६. होली लगत्तै बक्सिङ्ग, फेसियल, फेसब्लिच र थ्रेडिंग नगर्ने ।

७. होलीपछि हामीले स्किनमा घरेलु फेसियल मास्कको प्रयोग गर्न सक्छौं । जस्तै: पाकेको केरा, दुधको तर, मह, दहि, अण्डाको पहेलो भाग आदि ।

८. कपालबाट होलीको रङ हटाउन मनतातो पानीको प्रयोग गर्ने । त्यसपछि मिल्ड स्याम्प विथ प्रोटिन वा हाइ मोस्चराइजर स्याम्पुको प्रयोग गर्न सकिन्छ। स्याम्पुपछि कन्डिसनर अनिवार्य प्रयोग गर्नुपर्छ ।

९. एक सातासम्म दैनिक ओइल मसाज गरी भोलिपल्ट विहान स्याम्पु र कन्डिसनर गर्ने । सकेसम्म नरिवलको तेलको प्रयोग गर्नुपर्छ ।

१०. यदि होलीको रङहरुले कपाल एकदम सुख्खा भएको छ भने ह्येर स्पा गर्ने । राम्रो खालको सफ्ट ह्येर मास्कको प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया