सिरहामा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन राय रहेका छन् ।
गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स५प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस ठोक्किँदा गम्भीर घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुधन केसीले जानकारी दिए ।
दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल सख्त घाइते भएका छन् । प्रहरीको अनुसार मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए । घाइते मण्डलको हाल विराटनगरमा उपचार भइरहेको छ भने मृतकहरूको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
Holi spreads message of national unity: President Thapa
3 days to HoR elections: Voter Education completed across the country
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया