अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार

इरान । अमेरिका र इरानबिच वार्ताको लागि प्रयास भइरहेकाे तथा इरानले वार्ताको लागि अमेरिकालाई आग्रह गरेको मिडिया रिपोर्टहरूलाई इरानले खारेज गरेको छ ।
इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले इरानले वार्ताको लागि अमेरिकालाई आग्रह गरेको भनि आएका समाचारलाई खारेज गरेका छन्।
उनले भने,- ‘इरान अमेरिकासँग वार्ता गर्ने छैन । इरान अहिले आफ्नो बचाउ गरिरहेको छ। यो युद्ध इरानले सुरु गरेको हैन।’
इरानले कूटनीतिक संलग्नता प्रयास गर्ने छ कि छैन भन्ने प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ताले अल जजीरालाई भने- ‘इरानले पहिले नै दुई पटक कूटनीतिक संलग्नता प्रयास गरिसकेको छ। एक पटक २०२५ मा वार्ता पनी अमेरिका-इजरायली आक्रमणहरूले अवरुद्ध गरेका थिए। र यसपटक पनि त्यस्तै गरी वार्ता चलिरहँदा इरानमाथि फेरि आक्रमणमा गरिएको छ । अब यो गतिरोधको कूटनीतिक समाधान हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट छैन।’
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया