इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका विद्यार्थीहरूलाई राहत दिँदै तेहरानले देशको शैक्षिक संस्थानहरूमा अध्ययनरत विदेशी नागरिकहरूलाई आफ्नो भूमि बाहिर निस्कन अनुमति दिने घोषणा गरेको तसनीम न्यूजले जनाएको छ ।
यस बाहेक, विद्यार्थीहरूलाई उनीहरूको अन्तिम परीक्षाहरूमा उपस्थित हुन र उनीहरूको सोध पत्रको लागि पछि अनुमति दिइने र जसको मितिहरू पछि घोषणा गरिने देशको शिक्षा मन्त्रालयललाई उदृत गर्दै तस्नीम न्यूजले उद्धृत गरेको छ ।
हाल इरानमा विश्वविद्यालय र सार्वजनिक संस्थाहरू अस्थायी रूपमा बन्द भएका छन् भने अन्तर्राष्ट्रिय उडानहरू ठप्प गरिएको छ ।
भारतीय अधिकारीहरूले आफ्ना विद्यार्थीहरूलाई इरान छोड्न आग्रह गर्दै बारम्बार सुचना जारी गरेका छन्, तर हवाई क्षेत्र बन्द भएकाले निकासी प्रयासहरू जटिल भएको जनाएको छ । तेहरान, उर्मिया र अन्य क्षेत्रका विद्यार्थीहरूले अस्पताल र शैक्षिक संस्थाहरू लगायत आवश्यक सेवाहरूमा सीमित पहुँचको सामना गरिरहेका छन् भने आगामी १५ दिनका लागि सञ्चालन स्थगित गरेको छ ।
तसनीम न्यूजले इरानबाट विदेशी विद्यार्थीहरुलाई बाहिरिन अनुमती दिएको जनाउदै मन्त्रालयले सबै विश्वविद्यालयहरू देशबाट बाहिर निस्कन चाहाने विदेशी विद्यार्थीहरूलाई आवश्यक सहयोग प्रदान गर्ने र अन्तिम अवधिको परीक्षा सञ्चालनका लागि वैकल्पिक समय घोषणा गर्ने जनाएको छ ।
आर्मेनिया र अजर–बैजान जस्ता छिमेकी देशहरूमा निकासी मार्गहरूमा मार्ग दर्शन प्रदान गर्दै भारतीय दूतावास विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ । यद्यपि, अन्तर्राष्ट्रिय हवाई क्षेत्र प्रतिबन्ध र निरन्तरको मिसाइल आक्रमणका कारण अधिकारीहरूले तत्काल निकासी एक जटिल चुनौती बनेको स्वीकार गरेका छन् ।
विद्यार्थी र परिवारहरूले सुरक्षा, सञ्चार ढिलाइ र सहायतामा चिन्ता व्यक्त गरेका छन् भने सङकटको बीचमा उनीहरूको सुरक्षित फिर्ती सुरक्षित गर्न समन्वित अन्तर्राष्ट्रिय प्रयासहरूको आवश्यकतालाई जोड दिइएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया