मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
मेरोन्यूज
२०८२ फागुन १९ गते १४:३५

जनकपुर। मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ ।
जनकपुरधामको हनुमानगढीबाट फाल्गुन शुक्लपक्ष प्रतिपदा तिधिबाट सुरु भएर फाल्गुन पूर्णिमासम्म सञ्चालन हुने मिथिला मध्यमा परिक्रमामा यसपटक लाखौँ तीर्थयात्री सहभागी भएका छन् । मिथिला मध्यमा परिक्रमामा १४ दिन सहभागी हुनेहरू अनिवार्य अन्तरगृह परिक्रमामा सहभागी हुने चलन छ ।
परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजन अन्तरगृह परिक्रमामा सहभागी भएका थिए । परिक्रमाका तीर्थयात्रीहरूले नेपालका १०७ र भारतको २६ गरेर १३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा गर्ने गर्छन् ।
सम्बन्धित
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया