चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नयाँ र पुराना दल वा नेता भनेर छुट्टाउने भाष्य गलत भएको बताएका छन्। मतदान केन्द्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले चुनावमा कुनै पनि एक दलको मात्रै बहुमत नआउने दाबी समेत गरेका हुन् ।
अहिले बजारमा नयाँ र पुरानो भनेर उठाइएको कुरा देश र लोकतन्त्रको हितमा नभएको प्रचण्डले जिकिर गरे। उनले नयाँ र पुरानो भन्दा पनि सही र गलत के हो भनेर छुट्याउनुपर्नेमा जोड दिए।
राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा को छ, त्यसको आधारमा सही विचार र कार्यक्रम भएको नेतृत्वलाई भोट दिन उनले आम मतदातालाई अपिल गरे। सही र गलतको बिचमा मात्र चुनावमा बहस हुनुपर्ने उनको भनाइ थियो।
चुनावको नतिजा कस्तो आउँछ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको निर्वाचन प्रणाली र समग्र अवस्था हेर्दा कुनै एउटा मात्र पार्टीको बहुमत आउने सम्भावना आफूले नदेखेको प्रष्ट पारे।
उनले यसपटक मुख्य प्रतिस्पर्धा चारवटा पार्टीहरू नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने बताए। यद्यपि, आफ्नो दलको नतिजा भने राम्रो आउने उनले दाबी गरे।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया