इजरायलले लेबनानामा गरेको आक्रमणमा ८ जनाको मृत्यु

इजरायलले दक्षिणी लेबनानको हेजबुल्लाह गढका क्षेत्रहरूमा निकासी आह्वान जारी गर्दै गरेको आक्रमणमा आठ जनाको मृत्यु भएको जनाइएको छ ।
इजरायल माथि आक्रमण गर्दा लेबनानलाई क्षेत्रीय युद्धमा तानेको र इरान समर्थित लडाकु समूहले गालील क्षेत्रका स्थानहरूमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले दक्षिण लेबनानको नबातीह क्षेत्रका गाउँका मेयर र उनकी श्रीमतीको आक्रमणमा मृत्यु भएको जनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले देशको पूर्वमा रहेको जाहले सहर नजिकै कारमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ ।
राजधानीको दक्षिणी उपनगर स्थित हेजबुल्लाहको मुख्य गढमा बिहीबार थप आक्रमणहरू भएको जनाइएको छ भने एनएनएले एएफपीटीभी फुटेजमा त्यस क्षेत्रबाट धुवाँ आउँदै गरेको देखाइएको छ ।
लेबनानको उत्तरमा त्रिपोली नजिकै भएको इजरायली ड्रोन आक्रमणमा हामासका वरिष्ठ अधिकारी वासिम अतल्लाह अल–अली र उनकी पत्नीको मृत्यु भएको जनाइएको छ ।
इजरायलले बिहीबार पनि, दक्षिणी लेबनानका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई सैन्य कारबाहीका कारण खाली गर्न चेतावनी दिएको छ ।
मङ्गलबार, इजरायली सेनाले इजरायली बासिन्दाहरूको सुरक्षाका लागि लेबनान भित्र बफर जोन सिर्जना गरिरहेको बताएको थियो ।
















थापाथलीपछि गैरीगाउँ सुकुमबासीमा बस्ती डोजर लगिँदै
इजरायल–लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै
कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड
वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया