काठमाडौँका सबै क्षेत्रमा रास्वपाकाे प्रारम्भिक अग्रता

काठमाडौँ, २२ फागुन : काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो ।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद श्रेष्ठले २८६, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट पार्टीका रुपा महर्जनले ५४ मत प्राप्त गरेका छन् ।
यसैगरी काठमाडौँ क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले तीन हजार २९०, नेपाली कांग्रेसका सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३४८ , राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा (एमाले)का राजेश शाक्यले २३१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले एक हजार ४८१, नेकपा (एमाले) का प्रकाश श्रेष्ठले ३०८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले २८२, नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले २०८ मत प्राप्त गरेका छन् ।
काठमाडौँ क्षेत्र नं १ को पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रन्जु न्यौपानेले तीन हजार १२९, नेपाली कांग्रेसका प्रबल थापा श्रेत्रीले एक हजार ६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा (एमाले)का मोहनराज रेग्मीले २७२ मत प्राप्त गरेका छन् ।
काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले ४२४, नेकपा (एमाले) का मणिराम फुँयाल २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, काठमाडौँ क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुइ हजार ७०६ ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले २ हजार ९६० एक हजार मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगले बिहान ४ः३० बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुुकार बमले ८६५, नेकपा (एमाले)का राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, काठमाडौँ क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले एक हजार ४२४, नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, नेकपा (एमाले)का ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गरेका छन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया