मतगणना सुरु भएको मोरङका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

मोरङका तीनवटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। सुरुवाती परिणाम अनुसार मत गणना सुरु भएका तीनवटै क्षेत्रमा रास्वपाले प्रारम्भिक अग्रता कायम गरेको छ।
मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपानेले ९६७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका शान्ति पाख्रिनले ६४३, नेपाली काँग्रेसका खड्ग फागोले ४३७ र नेकपा एमालेको घनश्याम खड्काले २३७ मत ल्याएका छन् ।
त्यस्तै क्षेत्र नम्बर ५ मा रास्वपा कि आशा झाले १२२९ मत पाउँदै अग्रता सुरु गरेकी छिन्। यो क्षेत्रमा जसपाका राजकुमार यादवले ५६५, नेकपाका शिवकुमार मण्डलले ३४५ र नेपाली काँग्रेसका फुलकुमार लालवानीले ३२७ मत प्राप्त गरेका हुन्।
क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशीले प्रारम्भिक अग्रता कायम गरेका छन्।उनले १६३० मत ल्याउँदा नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३६०, नेकपामा अमनलाल मोदीले ३३८ र नेकपा एमालेका जीवन घिमिरेले २५२ मत प्राप्त गरेका छन्।
















४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया