म्याग्दीमा करिब ७ प्रतिशत मत बदर

म्याग्दी। प्रतिनिधीसभा सदस्य निर्वाचनअन्र्तगत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ तीन हजार १७६ र समानुपातिकतर्फ एक हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विसं २०७९ मा भएको निर्वाचनको तुलनामा यस वर्ष दुई वटै प्रणालीको मत बदरको दर बढेको हो ।
यही फागुन २१ गते बिहिबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४६ हजार ३३६ मत खसेकोमा ४३ हजार १६० मत सदर भएको थियो । समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेकोमा ४५ हजार ९०६ मत सदर भएको जिल्ला निर्वाचन अधिकृत बिमल गौतमले बताए ।
विसं २०७९ मा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४९ हजार ६९९ मत खसेकामा चार दशमलव दुई प्रतिशत अथवा दुई हजार ८५ मत बदर र ४७ हजार ६१४ मत सदर भएको थियो ।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ५० हजार ३७८ मत खसेकामा पाँच दशमलव २५ प्रतिशत अथवा दुई हजार ६४६ मत बदर र ४७ हजार ७३२ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीको अभिलेखमा उल्लेख छ ।
मत बदरको दर बढ्नुमा मतदाता शिक्षाको कमी प्रमुख कारण देखिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले ४५ वटै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी बन्न नसकेको पाइएको छ ।
राजनीतिक दलका नेता कार्यकर्ता र उमेद्वारका समर्थकहरूले पनि मतदाता शिक्षामा ध्यान दिन नसक्दा मत बदरको दर बढेको हो । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्नेजस्ता कारणले मत बदर भएको निर्वाचन अधिकारी गौतमले बताए । ८६ हजार ३९७ मतदाता रहेकोमा ५४ प्रतिशत मत खसेको थियो ।

















गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
प्रतिक्रिया