मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतसँगको सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र परिणामुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्टमा प्रतिक्रिया दिँदै बालेनले दुई देशबिचको सम्बन्धलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका हुन्।
मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबिचको टेलिफोन सम्पर्कबारे सोमबार एक्समार्फत् जानकारी दिएका थिए। उनले दुई नेतासँग ‘न्यानो’ वार्ता भएको भन्दै निर्वाचनमा उनीहरूको जित र रास्वपाले हासिल गरेको सफलताका निम्ति बधाई दिएको बताएको थिए।
बालेनले भनेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री @narendramodi ज्यू
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।’


















जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया