भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने

काठमाडाैं । आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिण्डरको दरमा खाना पकाउने एलपी ग्यास बजार पठाउने भएको छ। बजारमा ग्यास अभाव हुने देखिएपछि बिहीबार बसेको निगमको बैठकले यस्तो निर्णय गरेको हो।
अर्को सूचना जारी नभएसम्मका लागि प्रतिसिलिण्डरमा ७.१ किलो एलपी ग्यास बिक्री हुने निगमले बताएको छ। उक्त परिमाणको ग्यासको मूल्य ९ सय ५५ रूपैयाँ तोकिएको छ। ‘हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले मिति २०८२/११/२९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य (९५५ रुपैयाँ) मा बिक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोही अनुसार एल.पि.ग्यास खरिद गर्न अनुरोध छ’, निगमले जारी गरेकाे सूचनामा भनिएकाे छ ।
निगमले दुई/तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्चले बढेको र आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो निर्णय गरेको पनि बताएको छ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया