भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडाँै। भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७ गते चलचित्र महोत्सव आयोजना गर्ने भएका छन् ।
पहिलोपटक यहाँका युवा मिलेर चलचित्र प्रवद्र्धन गर्ने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो । दुईदिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न लागेको जानकारी द्दीए ।
निर्देशक किरण किलम्बुका अनुसार भक्तपुरको कला र संस्कृति र साहित्यको विकासका लागि महोत्सव आवश्यक रहेको बताए । महोत्सवका संयोजक स्मित गिरीले स्वतन्त्र रुपमा चलचित्र निर्माण गर्दै आएका युवाहरुको प्रोत्साहन गर्न आवश्यक रहेको सुनाए ।
महोत्सवको मुख्य चलचित्र नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रदर्शन हुनेछ भने सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अङ्कित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका नेपाली चलचित्र प्रदर्शन गरिनेछन् ।
यसैगरी, सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ देखाएर महोत्सवको समापन गरिनेछ ।


















अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया