इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए

अमेरिकाले इरानी नेताहरू डराएर भूमिगत भएको दाबी गरिरहँदा इरानका राष्ट्रपतिलगायत उच्च अधिकारीहरु आज इरानी जनतासँगै सडमा उत्रिएका छन् ।
तेहरानमा आज आयोजति अल-कुद्स दिवसको र्यालीमा इरानका राष्ट्रपति मसूद पेजेश्कियान, विदेशमन्त्री अब्बास अराघचीलगायत उच्च अधिकारीहरु सहभागी भए ।
, इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी, सर्वोच्च अदालतका प्रधान न्यायाधीश घोलाम-होसेन मोहसेनी-एजेईलगायत पनि मार्चमा सहभागी भए ।
पेन्टागनका प्रमुख पिट हेगसेथले इरानी नेताहरू डराएर भूमिगत भएको दाबी गररिहँदा इरानी शिर्ष नेताहरु सार्वजनिक रुपमा इरानी जनतासँग सहभागी भएका हुन् ।
इरानी उच्च अधिकारीहरु मार्चमा सहभागी भइरहँदा आसपासको क्षेत्रमा बम विष्फाेटका घटना भएका थिए । विस्फोटमा एक व्यक्तिको मृत्यु भएको थियो।

इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरानमा अल-कुद्स दिवसको र्यालीमा इरानीहरूको प्रदर्शनको तस्बिर र भिडियो सामाजिक सञ्जालमा साझा गरेका छन् । भिडियोमा र्याली चलिरहँदा नजिकै बम बिष्फोटबाट धुँवा उडिरहेको देख्न सकिन्छ ।
उनले लेखेका छन्, अन्तर्राष्ट्रिय कुद्स दिवस मनाउन इरानका बलियो र लचिलो जनतासँगसँगै जान पाउँदा गर्व र सम्मानित छु। इरानीहरू सधैं दृढ रहनेछन् र कायर आक्रमणहरूसामु कहिल्यै डराउने छैनन्।
अल-कुद्स दिवस प्यालेस्टाइनको लागि समर्थन व्यक्त गर्ने र प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली कब्जाको विरोध गर्ने वार्षिक, अन्तर्राष्ट्रिय दिन हो। अल-कुद्स यरूशलेमको अरबी नाम हो।




















गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया