पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ ।
गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ ।
त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रका केही स्थानमा हुरीको सम्भावना रहेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन महाशाखाले आग्रह गरेको छ ।















लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती
चितवनमा बिहे भोज खाएका ९३ जना बिरामी
७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
सामान्य अंकले बढ्यो सेयर बजार
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
दार्चुलामा गयाे भूकम्प
प्रतिक्रिया