आइतबार, चैत २२, २०८२

खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण

मेरोन्यूज २०८२ चैत २२ गते २०:५४


संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा आइतबार इरानले आक्रमण गरेको छ । इरानले खाडीका महत्वपूर्ण उर्जा पूर्वाधारहरूमा पनि आक्रमण गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

फेब्रुअरीको अन्त्यदेखि सुरु भएको इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा खाडी मुलुकहरूले इरानबाट बारम्बार ड्रोन र क्षेप्यास्त्र आक्रमणको सामना गर्नुपरेको छ।

इरानले तेलको लागि सम्मृद्ध खाडी मुलुकहरूमा ऊर्जा र अन्य औद्योगिक पूर्वाधारहरूलाई निशाना बनाएको छ र छिमेकीहरूले अमेरिकी सेनालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ। खाडी मुलुकहरूले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

आइतबार इरानी ड्रोन आक्रमणबाट कुवेती तेल र पेट्रोकेमिकल प्रशोधन केन्द्रमा गम्भीर क्षति पुगेको सरकारी पेट्रोलियम कम्पनीले जनाएको छ ।

कुवेत पेट्रोलियम कर्पोरेशनले आफ्नो सहायक पेट्रोकेमिकल इन्डस्ट्रिज कम्पनीका धेरै सुविधाहरूलाई लक्षित गरेको बताउँदै भनेको छ, “आक्रमणबाट ‘यी धेरै सुविधाहरूमा आगलागी भएको छ र गम्भीर भौतिक क्षति पुर्याएको छ।”

यसअघि कुवेतको विद्युत तथा जल मन्त्रालयले इरानबाट आएको ड्रोन आक्रमणका कारण दुईवटा विद्युत र पानीको नुनिलो तत्व छुट्टाउने प्लान्टमा क्षति पुगेको बताएको थियो । कुवेती अर्थ मन्त्रालयले इरानको ड्रोन आक्रमणबाट सरकारी भवनमा व्यापक क्षति पुगेको तर मानवीय क्षति नभएको जनाएको छ ।

मध्य पूर्वमा युद्ध फैलिएको छ । खाडीको ऊर्जा पूर्वाधारमा इरानको आक्रमण र एक महत्वपूर्ण विश्वव्यापी जलमार्ग हर्मुज घाँटीको प्रभावकारी बन्दले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ।

यसअघि अबुधाबीका अधिकारीहरूले संयुक्त अरब इमिरेट्स ९युएई० को उत्तरपश्चिमी तटमा रहेको रुवाइस औद्योगिक शहरमा रहेको पेट्रोकेमिकल प्लान्टमा लागेको आगलागीसँग जुधिरहेका बताएका थिए।

खाडी इमिरेट्सको मिडिया कार्यालयले भनेको छ, “अधिकारीहरूले बोरुज पेट्रोकेमिकल्स प्लान्टमा विशाल आगलागीको नियन्त्रणका लागि काम गरिरहेको छ । यहाँ हवाई रक्षा प्रणालीले आक्रमणका लागि प्रयोग भएको ड्रोनलाई सफलतापूर्वक अवरोध गरेपछि खसेको भग्नावशेष विस्फोट हुँदा आगलागी भएको थियो ।

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले भनेको छ, “त्यहाँको सेवा तुरुन्त स्थगित गरिएको छ र क्षतिको आकलन गरिएको छ। “कोही कुनै पनि घाइते भएको रिपोर्ट गरिएको छैन ।” संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले यस पहिले मिसाइल र ड्रोन आक्रमणको जवाफ दिइरहेको बताएको थियो ।

इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको आल्मुनियम उद्योग र कुवेतमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरेको इरानको सरकारी समाचार संस्था आइआरएनएले शनिबार जनाएको थियो ।

इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि इरानले खाडी मुलुकका नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी बारम्बार दिँदै आएको छ ।

खुजेस्तान प्रान्तका उपप्रशासकले शनिबार दक्षिणपश्चिम इरानको पेट्रोकेमिकल क्षेत्रमा भएको आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु भएको बताएका छन् ।

बहराइनको सरकारी ऊर्जा कम्पनीले आइतबार इरानको ड्रोन आक्रमणका कारण भण्डारण ट्याङ्कमा आगलागी भएको जनाएको छ । “बाप्को एनर्जीले आइतबार बिहान उसको भण्डारण सुविधामा एक घटना भएको छ । शत्रुतापूर्ण इरानी ड्रोन आक्रमणको कारण ट्याङ्कमा आगो लागेको थियो,” कम्पनीले भनेको छ। क्षतिको आँकलन भइरहेको र कुनै चोटपटक नलागेको बताइएको छ ।

इरानको बढ्दो आक्रमणले खतराले खाडी मुलुकहरूमा पानी आपूर्तिका लागि धेरै निर्भर रहेका ‘डिसेलिनेशन प्लान्ट’हरूमा पनि क्षति पुगेको छ।

प्रतिक्रिया