‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान

संयुक्त राष्ट्र संघका लागि इरानी नियोगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई ‘इरानको नागरिक अस्तित्वका लागि अत्यावश्यक पूर्वाधारहरू नष्ट गर्ने धम्की’ भन्दै कडा निन्दा गरेको छ।
‘यदि संयुक्त राष्ट्र संघको विवेक जीवित छ भने, युद्ध-पिपासु अमेरिकी राष्ट्रपतिले नागरिक पूर्वाधारहरूलाई लक्षित गर्ने खुल्ला र निर्लज्ज धम्की दिँदा मौन बस्ने छैन। ट्रम्पले यस क्षेत्रलाई कहिल्यै अन्त नहुने युद्धमा धकेल्न खोजिरहेका छन्,’ इरानी नियोगले ट्विटरमा भनेको छ।
‘यो सर्वसाधारणलाई आतंकित पार्ने प्रत्यक्ष र सार्वजनिक उक्साहट हो र युद्ध अपराध गर्ने मनसायको स्पष्ट प्रमाण हो, ‘ नियोगले थप्यो।
‘अन्तर्राष्ट्रिय समुदाय र सबै राष्ट्रहरूसँग यस्ता नृशंस युद्ध अपराधहरू रोक्ने कानुनी दायित्व छ। उनीहरूले अहिल्यै कदम चाल्नुपर्छ। भोलि धेरै ढिलो हुनेछ।’इरानी नियोगले ट्विटरमा भनेको छ।
















अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया