आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२६ अप्रिल ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यक्षेत्रमा शुभचिन्तकहरूको उचित सल्लाह मिल्नेछ। रोकिएको कार्य पुनः प्रारम्भ गर्न सकिनेछ। धर्म कर्मतर्फ मन जानेछ। साथीभाइहरूको सहयोग मिल्नेछ। महत्त्वपूर्ण कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
वृष :खानपानलाई लिएर सजगता अपनाउनुहोस्। साहसिक कार्य गर्ने समय रहेको छ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन : साझेदारी व्यापारमा लाभ रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। मेहनतीहरूको लागि उत्साहजनक समय रहेको छ। व्यापार लगायत आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट : कामको सन्दर्भमा दौडधुप गर्नुपर्ला। सम्पर्क क्षेत्र बढ्नाले व्यापार विस्तारमा सहयोग हुनेछ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
सिंह : शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आय आर्जनका नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : मेहनत अनुरूप फलको प्राप्ति हुनेछ। सरकारी र प्रशासनिक क्षेत्रको काममा समय लाग्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। घर परिवारमा कुनै कुरालाई लिएर विवाद बढ्ला सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
तुला : व्यापार व्यवसायमा रुचिको क्षेत्रमा लगानी बढाउने समय रहेको छ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। नचिनेको व्यक्तिमाथि विश्वास नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : बोलिको प्रभावले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। महत्वपूर्ण कार्यको थालनीमा घरपरिवारसँग सलाह लिनुहोस्। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
धनु : मान प्रतिष्ठामा वृद्धि हुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मन मिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ। अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ९ रहेको छ।
मकर :कार्यक्षेत्रमा काम बिग्रिनको डरले मनमा अज्ञात भय रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आध्यात्मतिर झुकाव रहनेछ। ऋण दिनबाट जोगिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
कुम्भ : समस्या दर्शाउँदा इष्टमित्रहरूको सहयोग पाइएला। अरुको हस्तक्षेपले नकारात्मक वातावरणको सिर्जना होला। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मीन : स्वास्थ्यले साथ दिनेछ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। सामाजिक समारोहमा सम्मिलित भइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।















इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया