पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
मेरोन्यूज
२०८२ चैत ३० गते १०:४६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया आज हुँदैछ ।
उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ ।
डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उनको शल्याक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने छ । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ ।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
सर्वोच्चले शर्तसहित छाड्न आदेश दिएपछी प्रहरीले ओलीलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनी अस्पतालमै थिए ।
सम्बन्धित
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया