शनिबार, वैशाख ५, २०८३

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

मेरोन्यूज २०८३ वैशाख ५ गते १७:४२

न्यूयोर्क (अमेरिका), ५ वैशाखः नेपालले प्रस्ताव गरेअनुसार पारित भएको अन्तरराष्ट्रिय आरोग्य दिवस शुक्रबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेपालले प्रस्ताव गरेअनुसार पारित भएको अन्तरराष्ट्रिय आरोग्य दिवस शुक्रबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

‘शान्ति, समृद्धि र दिगोपनाका लागि समग्र आरोग्य’ भन्ने विषयमा सम्पन्न कार्यक्रममा विभिन्न देशका प्रतिनिधि, अन्तर्राष्ट्रिय निकायका अधिकारी, वैज्ञानिक, अनुसन्धानकर्ता, आरोग्य अभ्यासकर्ता तथा नीति निर्माताहरू सहभागी रहेको ।
सचिवथिए ।

कार्यक्रममा नेपालका तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एल पि भानु शर्मा गुरुदेवले आरोग्यका विषयमा प्रस्तुति गर्दै योग, ध्यान तथा स्वजागरणको अभ्यास गराए । उनले आरोग्य केवल शारीरिक स्वास्थ्यमा सीमित नभई चेतना, सजगता र आत्मसम्बन्धमार्फत जीवनलाई समग्र रूपमा अनुभव गर्ने प्रक्रिया भएको स्पष्ट पारे ।


प्रस्तुतिका क्रममा गुरुदेव शर्माले वर्तमान विश्वको मुख्य समस्या आन्तरिक असन्तुलन भएको उल्लेख गर्दै यसको समाधान चेतना र सजगताको विकासमा निहित रहेको बताए । उनले नेपालसँग विश्वले खोजिरहेको आरोग्यसम्बन्धी ज्ञान र अभ्यास उपलब्ध रहेको उल्लेख गर्दै यस क्षेत्रमा नेपालले नेतृत्व लिन सक्ने स्पष्ट पारे । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि आह्वानसमेत गरे ।

सो कार्यक्रममा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले आरोग्यताले गरिबी निवारण दिगो विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । राजदूत थापाले आरोग्यताको अन्तरसम्बन्ध मानसिक स्वास्थ्य र सार्वजनिक स्वास्थ्यसँग समेत हुने भएकाले यसलाई विश्वव्यापी रूपमा लैजान बल पु¥याएको बताए ।

राष्ट्र सङ्घीय सामाजिक तथा आर्थिक मामिलासम्बन्धी उपमहासचिव ली जुन हुवाले मानव जीवनमा आरोग्यताले सामाजिक आर्थिकलगायतका विषयमा प्रभाव पार्ने भएकाले यो महत्त्वपूर्ण भएको उनले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिसहरू मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित छन् । यस्तो अवस्थामा आरोग्यको समग्र दृष्टिकोणले व्यक्ति तथा समाजलाई सन्तुलन र शान्तितर्फ उन्मुख गराउने अपेक्षा गरिएको जीवन विज्ञान प्रतिष्ठानका सचिव किरण रुपाखेतीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञहरूले नेपालले संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरेको अन्तरराष्ट्रिय आरोग्य दिवसको प्रशंसा गरेका थिए । यसरी प्रशंसा गर्नेहरूमा पोर्चुगल, डोमिनिकन रिपब्लिक, अर्मेनिया, भारत, भुटान, श्रीलङ्का, बङ्गलादेशलगायतका कूटनीतिज्ञहरू उपस्थित थियो ।

राष्ट्रसङ्घले नेपालको प्रस्तावमा हालै पारित गरेको प्रस्तावअनुसार हरेक वर्षको अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसको रुपमा मनाइने भएको छ । नेपालले संयुक्त राष्ट्रसंघमा पेश गरेको प्रस्तावका आधारमा अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरिएको हो, जसलाई १४३ सदस्य राष्ट्रहरूको समर्थन प्राप्त भएको छ ।

यसअघि, अप्रिल १५ मा टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस विशेष कार्यक्रमका साथ मनाइएको थियो । करिब १,००० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सरकारका उच्च पदाधिकारी, आरोग्य अभियन्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । सो अवसरमा भानु गुरुदेवद्वारा सामूहिक योग तथा ध्यान सत्र सञ्चालन गर्नुका साथै नेपाल सरकारद्वारा ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा गरिएको जीवन विज्ञान प्रतिष्ठानका सचिवरुपाखेतीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया