सोमबार, वैशाख ७, २०८३

याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार

मेरोन्यूज २०८३ वैशाख ६ गते १२:५५

काठमाडौं । नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि.ले नयाँ वर्षको अवसरमा आकर्षक अफर घोषणा गरेको छ। वैशाख १ गतेदेखि लागू भएकाे यस अफरअन्तर्गत ग्राहकहरूले ०% इएमआई सुविधासँगै विशेष उपहार ह्याम्पर पाउनेछन् । यसले स्मार्ट र किफायती यातायाततर्फ सर्ने प्रक्रिया अझ सजिलो बनाउने कम्पनीकाे भनाइ छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यस नयाँ वर्ष योजनाअन्तर्गत, कुनै पनि याडिया स्कुटर खरिद गर्दा ग्राहकहरूले ०% ईएमआई सुविधा प्राप्त गर्न सक्नेछन्, जसले एकमुष्ट भुक्तानीको भार कम गर्दै स्वामित्वलाई अझ सहज बनाउनेछ। साथै, प्रत्येक खरिदमा आकर्षक उपहार ह्याम्पर पनि प्रदान गरिनेछ, जसले किनमेल अनुभवलाई अझ उत्सवमय बनाउनेछ।

यो अफर वैशाख महिनाभरि लागू हुनेछ, जसले ग्राहकहरूलाई सीमित समयका लागि सहज किस्ता सुविधा र थप लाभ लिन अवसर प्रदान गर्नेछ ।

नेपालभर विद्युतीय सवारी साधनप्रति बढ्दो चासोको बीच, यस योजनाले सुरुवाती लागत जस्ता मुख्य अवरोधलाई सम्बोधन गर्दै बढीभन्दा बढी ग्राहकलाई विद्युतीय मोबिलिटीतर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ।

विश्वमै लगातार नौ वर्षदेखि नम्बर १ विद्युतीय दुईपाङ्ग्रे ब्रान्डको रूपमा स्थापित याडियाले नेपालमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आएको छ। भरपर्दोपन, उन्नत ब्याट्री प्रविधि र दैनिक प्रयोगमा सहजतामा केन्द्रित यस ब्रान्डले देशभर सकारात्मक गति हासिल गरिरहेको छ। अहिले ग्राहकहरूले विद्युतीय सवारीलाई विकल्प मात्र नभई दीर्घकालीन रूपमा स्मार्ट निर्णयको रूपमा लिन थालेका छन्।

कुजु नेपालका अनुसार, यो नयाँ वर्ष अभियानले ग्राहकहरूको सोचमा आएको परिवर्तनलाई झल्काउँछ, जहाँ सुविधा, बचत र भरपर्दो प्रदर्शन प्रमुख प्राथमिकता बन्दै गइरहेका छन्।

यो योजना वैशाख १ गतेदेखि देशभर रहेका सबै याडिया शो–रुमहरूमा सीमित अवधिका लागि उपलब्ध हुनेछ। ग्राहकहरूलाई आफ्नो नजिकको शो–रुममा गई विभिन्न मोडेलहरू अवलोकन गर्न र यस विशेष नयाँ वर्ष अफरको फाइदा उठाउन आग्रह गरिएको छ।

प्रतिक्रिया