इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
मेरोन्यूज
२०८३ वैशाख ६ गते १८:४६

काठमाडौँ । रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले ११२ रनको योगफल बनाएको छ ।
रुवाण्डा क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको हो । यससँगै इटालीले नेपाललाई पराजित गर्न ११३ रनको लक्ष्य पाएको छ ।
नेपालका लागि पूजा महतोले ४५ बलमा अविजित ४८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन् । त्यस्तै बिन्दु रावलले २६ बलमा १५ रन जोडिन् भने सम्झना खड्काले १३ बलमा १६ रन बनाइन् । नेपाली टोलिकी कप्तान इन्दु वर्माले १० रन योगदान गरिन् । बलिङतर्फ एमिलिया बाट्र्रामले तिन विकेट लिइन् । इटाली अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया