सोमबार, वैशाख ७, २०८३

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

मेरोन्यूज २०८३ वैशाख ७ गते ६:३२

वि.सं.२०८३ साल वैशाख ७ गते । सोमबार । इस्वी सन् २०२६ अप्रिल २० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–तृतीया, १३ घडी ५३ पला, बिहान ११ बजेर १० मिनेट उप्रान्त चतुर्थी ।नक्षत्र–कृतीका, ६ घडी १४ पला, बिहान ८ बजेर ६ मिनेट उप्रान्त रोहिणी । योग–सौभाग्य, ३६ घडी १० पला, बेलुकी ८ बजेर ५ मिनेट उप्रान्त शोभन । करण–गर, बिहान ११ बजेर १० मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–वृष ।क्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मेष : श्रम परे पनि दिन सफलतादायक रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। शत्रु र प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

वृष :नयाँ कामतर्फ आकर्षण बढ्नेछ। निर्णय क्षमताले राम्रो परिणाम दिनेछ। परिवारको साथले हौसला बढ्नेछ। दैनिकी काम सहज रुपमा अघि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मिथुन : वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आत्मविश्वासको कमीले आएको अवसर गुमाउनु पर्ला। पुरानो विषयमा अल्झिन सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट : परिवारसँग रमाइलो समय व्यतीत हुनेछ। भावनामा सन्तुलन आवश्यक देखिन्छ। नयाँ चिनजानबाट लाभ उठाउन सकिनेछ। भौतिक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह :आर्थिक विषयमा सजग रहनु उपयोगी हुनेछ। जोश र जाँगर बढ्ने संकेत देखिन्छ। अधुरा कामहरू पूरा गर्ने प्रेरणा जाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

कन्या :गृहणीहरूको गृहकार्यको साथै सामाजिक परिवेशमा कद बढ्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। व्यावसायिक मुद्दा मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

तुला :भौतिक सुख सुविधामा धन खर्चका योग छन्। समयमा मित्रहरूको साथ पाइनेछ। वाणिमा संयमता र स्पष्ट संवाद कायम राख्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक : नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सानो दुरीको सुखद यात्राको योग छ। पराक्रमद्वारा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु : कुनै कुरालाई लिएर मनमा मानसिक चिन्ता बढ्नेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मकर :प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुर्नेछ। सरकारी कामकाजमा प्रभाव बढ्नेछ। लागतको मूल्याङ्कन नगरी कार्य प्रारम्भ नगरौँ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ : सेवामुलुक कार्यबाट समाजमा नाम स्थापित गर्न सकिनेछ। सक्रिय भूमिका निभाउनेछ। कानुनी पक्ष मजबुत रहनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर व्यवहारमा अगाडि बढ्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन :अवसर प्राप्त भएतापनि कार्यक्षेत्रमा बाधा आउनेछ। आर्थिक पक्ष मजबुत बन्दै जानेछ। घर परिवारमा धेरै समय दिन नसक्नाले परिवारमध्य असमझदारी बढ्नेछ। पहिलाको कमी कमजोरीलाई सुधार्ने अवसर रहेको छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।


प्रतिक्रिया