२६ घरविहीन परिवारले पाए नयाँ घर

ढोरपाटन (बागलुङ)। बागलुङको जैमिनी नगरपालिकाले घरविहीन नागरिकका लागि घर बनाइ दिएको छ । सुकुम्बासी, विपद्बाट विस्थापित भएका र आर्थिक अभावका कारण घर बनाउन नसकेको ३६ परिवारका लागि नगरपालिकाले घर बनाइ दिएको हो ।
तेह्र परिवार सुकुम्वासी, विपद्बाट घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भई पुनर्निर्माण गर्न नसकेका ४१ परिवारको घर बनाउने योजनाअन्तर्गत हालसम्म ३६ घर निर्माण गरेर हस्तान्तरण गरेको हो । नगरपालिकाले १० वटै वडाका घरविहीनका लागि घर बनाइ दिएको उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
घरविहीनहरूको घर निर्माणका लागि रु तीन लाख, विपद्बाट क्षति भएर घरविहीन भएका परिवारलाई रु दुई लाख ५० र आर्थिक अभाव कमजोर भई पुनर्निर्माण गर्न नसकेका परिवारलाई रु दुई लाख उपलब्ध गराउने गरी कार्यविधि बनाएर काम गर्दै आएको उहाँको भनाइ छ । नगरपालिकाले सुकुम्बासी परिवारलाई भने जग्गा खरिद गरी घर बनाइ दिएको शर्मा बताउछन् ।
“हामी निर्वाचित भएर आउनुपूर्वनै घरविहीन परिवारलाई घर बनाइ दिने योजना अगाडि बढेको थियो, त्यस बेला पनि घरविहीन परिवारको तथ्याङ्क सङ्कलन लगायतका काम भएका थिए”, उपप्रमुख शर्माले भन्नुभयो, “हामी आइसकेपछि सुकुम्बासी परिवारहरूलाई सुरुमा जग्गा व्यवस्थापन गरे घर बनाउने काम ग¥यो, अहिले अन्य घरविहीनहरूको घर बनायौँ ।”
तीन पुस्तासम्म घर नभएकाहरूलाई नगरपालिकाले पहिलो चरणमा बनाइ दिएको थियो भने विपद् र आर्थिक अभावका कारण पुनर्निर्माण गर्न नसकि अरुको घरमा आश्रय लिएकाहरूलाई दोस्रो चरणमा आवस बनाइ दिएको हो । नगरपालिकाले घर बनाइ दिएपछि अन्यत्र आश्रय लिन नपरेको वडा नम्बर ४ की देउरूपा सार्कीले बताउनुभयो । अरुको घरमा बस्दा धेरै समस्या हुने गरेको उनको भनाइ छ ।
सार्कीले भने, “हामी लामो समय अरुको घरमा बस्यौँ, अरुको घरमा बस्दा आफ्नोजस्तो त कहाँ हुन्छ र रु विभिन्न समस्याहरू आए, तर अहिले नगरपालिकाले घर बनाइ दिएपछि आफ्नै घरमा बस्न आएका छौँ, सरकारले हाम्रो समस्या बुझ्यो ।”
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया