विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य

काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले यूएईसामु २ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २ सय रनमा अलआउट भयो।
दीपेन्द्र सिंह ऐरीले ७५ रन जोडे। दबाबमा परेको नेपालका लागि दीपेन्द्रले सानदार ब्याटिङ गर्दै लक्ष्य उकासे।
यस्तै, कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए। आसिफ शेख ७ तथा रोहित पौडेलले २ रन जोडेर पभेलियन फर्किए।
बलिङतर्फ यूएईका लागि अजय कुमारले ३ विकेट लिए। खुजैमा तनविर र जुनैद सिद्दिकीले समान २ विकेट लिए। हैदर अली र मुहम्मद सहदादले समान एक विकेट लिए।
यूएईले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया