इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानले पठाएको पछिल्लो प्रस्ताव प्रति असन्तुष्ट रहेको समाचार विवरणहरु सार्वजनिक भएका छन् । समाचार एजेन्सी रोयटर्स र अमेरिकी सञ्चारमाध्यमहरूले रिपोर्ट गरे अनुसार ट्रम्प इरानी प्रसतावमा खुशी छैनन् ।
इरानले पछिल्लो प्रस्तावमा अहिलेलाई हर्मुज जलमार्ग खुला गर्ने र युद्ध समाप्त नभएसम्म तेहरानको आणविक कार्यक्रमबारेको छलफललाई थाती राख्ने प्रस्ताव गरेको बताइएको छ ।
ट्रम्प र उनका सल्लाहकारहरूबीच भएको बैठकबारे जानकारी पाएका एक अधिकारीले रोयटर्सलाई बताएअनुसार ट्रम्प इरानको प्रस्तावबाट खुसी छैनन्, किनकि अमेरिका आणविक मुद्दालाई सुरुवातमै सल्टाउन चाहन्छ।
ह्वाइट हाउसमा भएका छलफलहरूबारे जानकारी पाएका धेरै व्यक्तिहरूलाई उद्धृत गर्दै ुद न्युयोर्क टाइम्सु ले पनि ट्रम्पले आफ्ना सल्लाहकारहरूलाई आफू इरानी प्रस्तावबाट सन्तुष्ट नरहेको बताएको लेखेको छ।
यसैगरी, यस मामिलासँग परिचित दुई व्यक्तिहरूलाई उद्धृत गर्दै सीएनएनले ट्रम्पले यो प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहेको बताएको छ। तेहरानको आणविक कार्यक्रमका प्रश्नहरू समाधान नगरी अमेरिकाले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाउनुले ूवार्तामा अमेरिकाको एउटा मुख्य शक्ति गुम्न सक्नेू सीएनएनले उल्लेख गरेको छ।

















नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया