रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएकाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रवक्ता मनिष झाले आज शोक विज्ञप्तिमार्फत धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् ।
साथै उनले यस असह्य क्षणमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्राप्त विवरणअनुसार लु१ज ४१६७ नम्बरको जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को भिरालो क्षेत्रमा दुर्घटनामा परेको हो । करिब ७००–८०० मिटर गहिरो भिरमा खसेको उक्त दुर्घटनाले अपूरणीय क्षति पु¥याएको छ ।
“विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद सुरक्षा निकाय तथा उद्धार टोलीहरूले देखाएको साहस, समर्पण र मानवीयताको हामी उच्च सम्मान गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले यस दुःखद् घटनाले फेरि एकपटक सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता दुर्घटनाहरू तथ्याङ्क मात्रै होइनन् यी नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन् भन्नेमा सचेत रहेको जनाएको छ ।
रास्वपाले आगामी दिनमा यस्ता दुःखद् घटनाको पुनरावृत्ति हुन नदिन सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया