जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।
अमेरिका बस्दै आएका विष्टले यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा रहेको महादेव आधारभूत विद्यालयका १३३ जना र तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा रहेको कालिका आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको महादेव विद्यालयका प्रधानाध्यापक सरिता रावतले जानकारी दिइन् ।
प्रायः गाउँका निम्न आय स्रोत भएका बच्चाहरू पढ्ने गर्छन् । विदेशमा कमाएको पैसा बचत गरी केही राहत होस् भनेर गाउँका आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक९ट्रयाक सुट० र टिसर्ट वितरण गरिएको समाजसेवी अम्मर विष्टले जानकारी दिए ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने उद्देश्यले आफूले यहाँका दुईवटा विद्यालयमा पोसाक प्रदान गरेको युवा समाजसेवी विष्टले बताए ।
विद्यार्थीको पठनपाठनमा सहजतासँगै विद्यार्थीबीच पोसाकले एकरूपता ल्याउने महादेव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाको भनाइ छ । पोसाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि उक्त पोसाकले मद्दत पुग्ने वडाध्यक्ष जङ्गबहादुर बस्नेतले बताए ।
वडाध्यक्ष बस्नेतले भने, “शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो, शिक्षालाई सुधार गर्न सकेमात्र समुन्नत समाज बन्न सक्छ ।” उहाँका अनुसार विद्यार्थीलाई पोसाकको कारण अब असहज हुने छैन । वडाले शैक्षिक सुधारको अन्त्यका लागि विभिन्न गतिविधि सञ्चालन गर्दे आएको वडाध्यक्ष बस्नेतको भनाइ छ ।
















बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया