आइतबार, वैशाख २०, २०८३

सुनसरीमा हुरीले मकैखेतीमा क्षति

मेरोन्यूज २०८३ वैशाख १९ गते १६:५०

इनरुवा (सुनसरी)। बुधबार राति आएको हुरीले यहाँको इनरुवासहित जिल्लाका विभिन्न स्थानमा मकैखेतीमा क्षति भएको छ ।

Advertisement
NiccNicc

जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्जलगायत स्थानीय तहमा व्यावसायिक रूपमा गरेको मकैखेतीमा हुरीले धेरै क्षति भएको भोक्राहा–६ का किसान नगेन्द्रकुमार साहले बताए । विगतमा गहुँखेती गर्दै आएकामा मकैबाट राम्रो आम्दानी हुने भन्दै यसपटक एक बिघा १५ कठ्ठामा मकैखेती गरेकामा हुरीले क्षति पु¥याएर समस्यामा पारेको उनको भनाइ छ ।

“मकैखेतीमा रु एक लाख ५० हजारसम्म खर्च भएको थियो । त्यसबाट रु चार लाखसम्म आम्दानी हुने आशा रहेकामा लगानीसमेत डुब्ने अवस्था आएको छ”, साहले भने ।

कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जिल्लामा गहुँखेती गर्दैै आएका धेरैजसो कृषक मकैखेतीतर्फ आकर्षित भइरहेकामा बेला बेला हुने यस्ता विपद्ले समस्यामा पार्ने गरेको बताए । यस पटक हुरीका करिब १० देखि २० प्रतिशतसम्म उत्पादनमा कमी आउने अनुमान रहेको र क्षतिको विवरण सङ्कलनको काम भइरहेको उनले बताए ।

जिल्लामा २०८२र८३ मा ११ हजार २०० हेक्टर क्षेत्रफलमा हिउँदे र वसन्ते मकैखती गरिएको थियो ।

प्रतिक्रिया