गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ

काठमाडौँ।यही वैशाख १७ गते काठमाडौँ महानगरपालिका–२९ इन्द्रचोकस्थित गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल, भक्तपुर ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक तथा ललितपुर महालक्ष्मी नगरपालिका–६ का हरिकृष्ण महर्जन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले राससलाई जानकारी दिए ।
उनले भने, “इन्द्रचोकस्थित एक गहना पसलमा वैशाख १७ गते पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जनालाई पक्राउ गरिएको छ । उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकाहरूले गहना ९ज्वेलरी० पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गर्ने क्रममा पसलमा रहेकी महिलाले उनीहरूलाई प्रतिकार गर्दै भगाएको र उक्त भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टले बताए।
















सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया