वीर अस्पतालका प्रमुख बस्नेतको बढुवा रद्द

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) युनिफाइड केन्द्रीय अस्पताल (वीर)का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्रकुमार बस्नेतको बढुवा रद्द भएको छ ।
२१ पुसमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको बैठकले डा बस्नेतलाई स्वास्थ्य सेवाअन्तर्गतको मेडिसिनर ग्याष्ट्रोइन्टेरोलोजी समूह, प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
तर, लोकसेवा आयोगले १५ कात्तिकमा रद्द गरेको विज्ञापनमा उनलाई बढुवा सिफारिस भएको पाइएपछि १४ माघमा सिफारिस रद्द गरिएको हो । मन्त्रालयले आज मंगलबार सूचना जारी गर्दै भनेको छ, ‘२१ पुसमा भएको बढुवासम्बन्धी निर्णय बदर भएको छ ।’
आयोगले रद्द गरिसकेको विज्ञापनमा बढुवा समितिको सचिवालयले २३ पुसमा कार्यसम्पादन मूल्यांकनमार्फत बढुवाका लागि भन्दै सूचना जारी गरेको थियो । सोही अनुसार बस्नेत बढुवाका लागि सिफारिसमा परेका थिए ।

















आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया