इन्धनमा भएको मूल्यवृद्धिविरूद्ध क्रान्तिकारी विद्यार्थीको प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बिरोध प्रदर्शन गरेको छ ।
बुधबार माइतीघरमण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।
बिरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताए ।
उनले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर आहत दिने काम गरेको बताए ।
प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनताको भोक, रोग र अभाव नदेखि बारम्बार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु दुःखद् भएको बताइन् । उनले देउवा सरकारले कोरोना महामारीमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर झनै मारमा पारेको बताए ।
उपाध्यक्ष न्यौपानेले पेट्रोलियम पदार्थमा बारम्बार मूल्यवृद्धि गर्नु लाजमर्दो भएको बताए । सरकारले मंगलबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्यवृद्धि गरेको छ ।










नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
आजकाे सुन चाँदीकाे मूल्य
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया