सोमबार, पुष १४, २०८२

जनमत पार्टीको आन्दोलन जारीः पूर्व–पश्चिम राजमार्गमा विहानैदेखि यातायात ठप्प (फोटोफिचर)

मेरोन्यूज २०७८ माघ २० गते १४:११

बर्दिवास । मधेस प्रदेशमा किसानको माग लिएर सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन जारी राखेको छ ।

आन्दोलनको कार्यक्रम अन्तर्गत विहीबार विहानैदेखि पूर्वपश्चिम राजमार्गमा यातायात ठप्प पारेका छन् ।

मधेस प्रदेशका पूर्वपश्चिम राजमार्ग खण्डमा जनमत पार्टीका कार्यकर्ताले विहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

राजमार्गमा आगो बालेका जनमत पार्टीका कार्यकर्ताहरु हात हातमा बाँसका भाटाहरु लिएर सडकमा उत्रिएका छन् ।

किसानको माग पूरा नहुन्जेल आजबाट राजमार्गमै त्रिपाल टाँगेर बस्ने उनीहरुको कार्यक्रम छ । जनमत पार्टीले तराईका जिल्लाहरुमा झण्डै एक महिनादेखि आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया