गण्डकीमा २९० कोरोना संक्रमित पुष्टि
काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशभित्रका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा १३५ महिला र १५५ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
संक्रमित हुनेमा कास्कीका १७९, स्याङ्जाका २६, बाग्लुङका १९, लमजुङका १७, म्याग्दीका १५, तनहुँका १४, मुस्ताङका नौ, पर्वतका पाँच, नवलपरासी पूर्वका चार, गोरखा र मनाङका एक÷एक रहेका छन् ।
एकको मृत्यु
प्रदेशमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका १० का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज दिनको १२ः५० बजे पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
निजमा गत माघ १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया