विश्व क्यान्सर दिवस : नेपाली महिलामा पाठेघर मुखको क्यान्सर बढ्दो

काठमाडौँ । नेपालमा महिलामा पाठेघरको क्यान्सरको समस्या बढ्दो रुपमा देखिने गरेको विभिन्न अस्पतालहरुको तथ्याकंहरुले देखाएको छ । महिलामा देखिने विभिन्न क्यान्सरमा पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर देखिएको छ ।
दोस्रोमा स्तन क्यान्सर हो । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसका कारणले यो क्यान्सर हुने गर्छ । पाठेघरको मुखको क्यान्सरको सुरुको लक्षण भनेको सेतो पानी बग्ने हो । यदि, कुनै महिलामा सेतो पानी बग्छ भन्ने तुरुन्तै उपचारका लागि अस्पताल जानुपर्छ । तर महिलाहरुले यस्तो समस्या लिएर उपचार गर्न जान लाज मान्दा रोग जटिल बन्ने गरेको छ ।
पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण भनेको कलिलै उमेरमा विवाह गर्ने, यौन अंगको सरसफाईमा ध्यान नदिने, कलिलै उमेरमा यौन सम्पर्क राख्ने महिला र प्यापिलो भाइरस संक्रमण भएका महिलाहरुमा यो रोग बढी देखिने गरेको छ ।
पाठेघरमा समस्या छ कि छैन भनेर गरिने एउटा परीक्षण प्याप स्मेयर हो । यो परीक्षण पाठेघरको पानी निकालेर गरिन्छ । तर यो परीक्षण अविवाहित युवतीले भन्ने गर्नु हुँदैन ।
पाठेघरको मुखको क्यान्सरमा कुनै समस्या देखिएमा क्रायोथेरापी भन्ने माइन्स नाइट्रोजन अक्साइडको परीक्षणबाट १५ मिनेटमा नै चेकजाँच गर्न सकिन्छ । प्याप स्मेयर परीक्षणभन्दा यो सस्तो र सजिलो हुँदा विश्वका विकसित देशहरुमा बढी प्रयोग हुने गरेको छ ।
पाठेघरको मुखलगायत कुनै पनि क्यान्सरका नेपाल सरकारसँग क्यान्सरको एकीन तथ्याङ्क छैन । तर विभिन्न अस्पतालको तथ्याङ्क हेर्दा महिलामा बढी पाठेघरको मुख क्यान्सर छ । यो क्यान्सर अन्य क्यान्सर समयमा नै थाहा पाएमा निको हुन्छ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि गाडासिल नाम भ्याक्सिन लगाउन सकिन्छ । यो भ्याक्सिन (जिरो, वान, सिक्स) को तरिकाबाट तीन पटक लगाइन्छ । जिरो भन्नाले आज लगाएको दिन, वान भनेको भ्याक्सिन लगाएको एक महिनापछि मात्र लगाउने र सिक्स भनेको ६ महिनापछि मात्र लगाउने भनेर बुझनु पर्छ ।
पाठेघरको मुखको क्यान्सरको लक्षण
१.सेतो पानी बग्ने वा रगत मिसिएको पानी जाने ।
२.महिनावारीको बीचमा रगत देखिनु ।
३.यौन सम्पर्कपछि रगत देखिनु ।
४.तल्लो पेट दुख्ने ।
५.महिनावरी सुकिसकेपछि पनि रगत देखिनु आदि ।
बच्ने उपाय
१.२० वर्षभन्दा कम उमेरमा विवाह नगर्ने ।
२.एकभन्दा बढीसँग यौनसम्पर्क नगर्ने ।
३.यौनांगको सरसफाईमा ध्यान दिने ।
४.प्याप स्मेयर परीक्षण दुई दुई वर्षमा गर्ने ।
५.सेतो पानी बग्ने, रगत मिसिएको पानी बगेमा वा महिनावारीको बीचमा रगत देखिएमा तुरुन्तै उपचारका लागि अस्पताल जाने
६.विशेष गरी महिनावारीका बेला ध्यान दिनुका साथै महिनावारीका बेला प्रयोग गरिने कपडा सफा तथा प्याड स्वस्थ खालको प्रयोग गर्ने ।
७.गर्भवती हुनु भन्दा कम्तीमा ३ महिना अगाडिदेखि स्वास्थ्य सल्लाह लिने ।
(क्यान्सर रोग विशेषज्ञ डा.बरालसँग गरिएको कुराकानीमा आधारित)
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया