नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनमा १८ चैतमा

काठमाडौं । लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८–१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ ।
नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।
संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेलाई समितिको सदस्य–सचिव तथा वर्तमान कार्यसमितिका अध्यक्ष र उपाध्यक्षहरूलाई आयोजक समितिको सल्लाहकारको जिम्मेवारी तोकिएको छ ।
अधिकांश प्रतिनिधिहरूलाई पायक पर्ने गरी यथाशीघ्र नै अधिवेशनस्थलको टुंगो लगाउने संघका महासचिव तथा अधिवेशन मूल आयोजक समितिका संयोजक डा. नेपालले बताए ।
नेपाली लेखक संघको विधान, २०६४ लाई समय सापेक्ष बनाउन विधान संशोधनका लागि संघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन मस्यौदा तर्जुमा समिति र नेपाली लेखक संघको मुखपत्र ’लेखक’ प्रकाशन गर्नका लागि संघका महासचिव डा. रत्नमणि नेपाल प्रधानसम्पादक रहने गरी ७ सदस्यीय सम्पादक मण्डल गठन गरिएको संघका अध्यक्ष श्रवण मुकारुङले बताए ।
सिर्जनशीलताका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रका लागि निरन्तर पहरेदारी गर्ने ध्येयका साथ नेपाली लेखक एवं स्रष्टाहरूको साझा चौतारीका रूपमा रहेको नेपाली लेखक संघको स्थापना २००८ सालमा भएको थियो ।

















वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया